खोरीबारी ब्लक काङ्ग्रेसले खोरीबारी थाना घेराउ गर्नको साथै सुम्पियो ज्ञापन

खोरीबारी, 19 अक्टोबर (निसं): प्रदेश काङ्ग्रेसको पूर्व घोषित कार्यक्रम अनुसार खोरीबारी ब्लक काङ्ग्रेसले पनि आज खोरीबारी थाना घेराउ गर्नको साथै एउटा ज्ञापन सुम्पिएको छ। आज खोरीबारी ब्लक काङ्ग्रेस कार्यालयबाट एउटा रैली निकालेर काङ्ग्रेस नेता तथा कार्यकर्ताहरूले थाना अघि पुगेपछि प्रदर्शन गर्नको साथै यसपछि सात सूत्रीय मांगलाई लिएर एउटा ज्ञापन पनि सुम्पिएको छ। यस सम्बन्धमा ब्लक अध्यक्ष आलोक कुमार रायले भने, महिला उत्पीड़न साथै दुष्कर्मको अभियोगलाई गम्भीरतासित लिनु पर्छ। अभियोग दर्ता गर्न आउने कसैलाई पनि कुनै हालतमा फर्काउन सकिँदैन। तिनले अझ भने, पुलिसले रंग अथवा पार्टीलाई हेरेर होइन तर कानूनी रूपमा काम गर्नु पर्छ। यसको साथै खोरीबारीमा भइरहेको मादक पदार्थ अनि बालूवाको चोरी मामिलामा पनि पुलिस सक्रिय हुनु जरूरी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *