खोरीबारीको पानीट्याङकीमा मोर्फिनसहित युवक पक्राउ

खोरीबारी, 11 मार्च (निसं): एसएसबी-ले 101 ग्राम मोर्फिनसहित एकजना युवकलाई पक्राउ गरेको छ। जानकारी अनुसार, सोमबार राति खोरीबारीको पानीट्याङकी संलग्न दूधगेट क्षेत्रमा मादक पदार्थसहित युवकलाई पक्राउ गरिएको हो। आरोपीको नाम देवब्रत सरकार रहेको छ। उनी फाँसीदेवाको विधाननगरका निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार, उद्धार गरेको मादक पदार्थको बजार मूल्य लाखौं रुपियाँ रहेको छ। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *