खोरीबारीको बंगाल-बिहार सीमाबाट 18 वटा गाई-गोरूसहित 2 जना पक्राउ

खोरीबारी (निसं): खोरीबारी थाना पुलिसले 18 वटा गाई-गोरूसहित दुईजना तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा असम तीनसुकिया निवासी हीरा यादव (21) अनि बिहारको गाजीपुर निवासी जियाउद्दीन (41) सामेल छन्।
प्राप्त जानकारी अनुसार, खोरीबारी थाना पुलिसले मंगलवार अबेर राति बंगाल-बिहार सीमा चक्करमारी इलाकामा नाका चेकिङ अवधि एउटा संदिग्ध लरीलाई रोकेर छानबिन गर्दा त्यसबाट 18 वटा गाई-गोरू उद्धार गरेको छ। लरी चालकलाई ती गाई गोरूहरूको सम्बन्धित वैध कागज-पत्र माग्दा तिनले देखाउन सकेनन्। यसपछि खोरीबारी थाना पुलिसले लरी चालक सहित दुई जनालाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार, ती गाई गोरूहरू बिहारबाट असमको बाटो हुँदै बाङ्ग्लादेश तस्करी गर्ने योजना रहेको थियो। पक्रा पर्ने तस्करहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş