खोरीबारी : खोरीबारी, नक्सलबारी लगायत सीमावर्ती क्षेत्रहरूमा आज दाजु-बाहिनी, दिदी-भाईको पवित्र तिहार रक्षा बन्धन हर्षोल्लासको साथमा मनाइरहेको छ। यस अवसरमा दिदी-बहिनीले दाजु-भाईको हातमा राखी बाँधेर तिनीहरूको दीर्घायुको कामना गर्दछ भने दाजु-भाईले पनि दिदी-बहिनीको जीवनभर रक्षा गर्ने प्रण लिने चलन रहिआएको छ। सबैभन्दा पहिला दिदी-बहिनीहरूले आफ्ना दाजु-भाईलाई टीका लगाएर तिनीहरूको दीर्घायुको कामना गर्दै राखी बाँधिदिन्छन्। यसपछि दाजु-भाईले तिनीहरूलाई केही उपहार दिँदै जीवनभर रक्षा गर्ने प्रण लिँदछन्। कोभिड 19 -को प्रभाव रक्षा बन्धन पर्वमा पनि देखापर्यो। हाल, कोरोनाको कारण लकडाउन रहेकोले केही दिदी-बहिनीहरू आफ्ना दाजु-भाईदेखि टाढा रहेकोले गर्दा रक्षा बन्धन पर्व मनाउन पाएनन्।