खोरीबारीको देवीगञ्जदेखि डांगुजोतसम्म जाने सड़क जीर्ण अवस्थामा, पीडित चालकहरूद्वारा सडक मरमतिको माग

खोरीबारी: खोरीबारी ब्लकको बिन्नाबाड़ी पञ्चायतको देवीगञ्जदेखि डांगुजोतसम्म जाने सड़क जीर्ण अवस्थामा पुगेकोले यो सडक भएर आवत-जावत गर्न मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। स्थानीय विश्वजीत घोषले बताए अनदेखा गरेको कारणले सड़क वर्षौ अघिदेखि खराब स्थितिमा पुगेको छ। तथापि प्रशासनले हालसम्म यसबारे कुनै पहल गरेको छैन। उक्त सडक भएर दिनहुँ धेरै संख्यामा वाहनहरू कुद्छ तर यसलाई लिएर प्रशासन मौन रहेको छ। सडकमा खाल्डोहरू भएकोले वर्षाको पानी जमिने गर्दछ भने कल्भर्टहरू समेत भत्किसकेको अवस्थामा पुगिसकेको छ। यसैले सम्बन्धित अधिकारीहरूले यसतर्फ ध्यान दिन अति आवश्यक रहेको यहाँका गाउँलेहरूको भनाई रहेको छ। चुनाउ अवधि विभिन्न राजनीतिक पार्टीहरूले विकास कार्य गर्ने वाचा गरे तापनि चुनाउ सकेपछि सडकको स्थिति जस्तातो त्यस्तै रहेको मानिसहरूको गुनासो रहेको छ। सामाजिक तथा आर्थिक दुवै दृष्टिकोणले सड़क धेरै महत्वपूर्ण रहे तापनि सड़कको अवस्थालाई लिएर सम्बन्धित विभागीय अधिकारीहरू मौन रहेको देखिन्छ। सडकको स्थिति ठीक नरहेकोले विशेष गरेर दुई चक्के वाहन, टोटो लगायत साना वाहनका चालकहरू अझ धेर असुविधाको सामना गर्न परिरहेको तिनीहरूले दुखेसो पोख्दै चाँडै सडक मरमति गरिनु पर्ने तिनीहरूले पनि माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *