खोरीबारीको काली मन्दिरमा चोरी

खोरीबारी : खोरीबारी बजार संलग्न सबुज संघ क्लबको काली मन्दिरमा चोरीको घटना घटेको छ। प्राप्त जानकारी अनुसार आज बिहान पुजारी मन्दिरमा पुजा गर्न आउँदा माताको टाउकोमा रहेको चाँदीको मुकुट लगायत माताको सुनको गर-गहना चोरी भएको थाहा पाए। यसपछि क्लबका कर्तृपक्ष लगायत मन्दिर कमिटीका सदस्यहरू घटनास्थलमा पुगेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, केही महिना अघिदेखि खोरीबारी इलाकाको विभिन्न मन्दिरमा चोरीको घटना घटिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *