खोरीबारीको पानीट्याङ्कीमा हात्तीको हमलामा वृद्धाको मृत्यु

सिलगढी (निसं): हात्तीको हमलामा एकजना वृद्धाको मृत्यु भएको छ। उक्त घटना खोरीबारीको पानीट्याङ्की संलग्न टुकरियाझाड जङ्गल नजिक क्वार्टर इलाकामा घटेको हो। मृतकको नाम लक माया बस्नेत (64) बताइएको छ। तिनी उत्तर रामधन जोत निवासी हुन्। प्राप्त जानकारी अनुसार आज बिहान वृद्धा र तिनको लोग्ने टुकरियाझाड जङ्गलमा घाँस काट्न गएको समय हात्तीले तिनीहरूलाई खेदेपछि वृद्धाको लोग्नेले भागेर ज्यान बचाए भने हात्तीले वृद्धामाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते वृद्धालाई उद्धार गरेर नक्सलबारी अस्पतालमा लगेपछि त्यहाँबाट तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। यसपछि वृद्धालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर खोरीबारी पानीट्याङ्की आउटपोस्ट पुलिस, टुकरियाझाड वन विभागका अधिकारी तथा सिलगढी महकुमा वन एवम् भूमि अधिकारी किशोरी मोहन सिंह घटनास्थलमा पुगेका थिए। किशोरी मोहन सिंहले मृतकको परिवारलाई सरकारबाट सहयोग दिलाउने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO