खोरीबारीको पानीट्याङ्कीबाट ब्राउन सुगर सहित 2 जना युवक पक्राउ

खोरीबारी:  खोरीबारीको पानीट्याङ्कीबाट ब्राउन सुगर सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बुढागञ्जको किलाघाटा निवासी मोहम्मद रहिम (25) र मोहम्मद आतारूल (23) सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र खोरीबारी थाना अन्तर्गत पानीट्याङ्की आउटपोस्ट पुलिसले गोप्य सूचनाको आधारमा पानीट्याङ्की न्यु मार्केटमा संयुक्त अभियान चलाएर सन्देहको आधारमा एउटा बाइकलाई रोकेर छानबीन गर्दा 254 ग्राम ब्राउन सुगर उद्धार गर्नको साथै 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। यसपछि पक्रा परेका 2 जना युवकलाई खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO