खोरीबारीमा आँगनवाडी केन्द्रमा निम्न गुणस्तरको काम गरेको आरोप, स्थानीय मानिसहरूले गरे प्रदर्शन

खोरीबारी, 22 अक्टोबर (निसं): खोरीबारीमा आँगनवाडी केन्द्रमा खराब गुणस्तरको काम गरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। स्थानीयहरूले ठेकेदारप्रति असन्तोष प्रकट गरेका छन्। प्राप्त जानकारी अनुसार, खोरीबारी सामूहिक विकास विभागले आरआईडीएफ कोषको सहयोगमा 11 लाख 13 हजारको लागतमा खोरीबाकीको केशरडोबा आँगनवाडी केन्द्रको निर्माण कार्य गर्दैछ।
स्थानीयहरूले आरोप लगाए अनुसार आँगनवाडी केन्द्रको काममा निम्न स्तरका सामग्रीहरूको प्रयोग गरिएको छ। भित्ताहरू अनि छतमा पनि चर्किन थालेका छन्। स्थानीय मानिसहरूले आज सटीक तरिकाले काम गरिनु पर्ने मांग गर्दै विरोध प्रदर्शन गरे।
यस सम्बन्धमा खोरीबारीका बीडीओ-ले फोनमार्फत जानकारी दिए अनुसार, इन्जिनियरलाई पठाएर कामको छानबिन गराइनेछ। यदि आरोपहरू प्रमाणित भएमा ठेकेदारको विरुद्धमा कारवाही गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomCasibomMeritking GirişBets10holiganbet girişbaywingrandpashabet girişcasibom girişcasibom giriş