खोरीबारी, 30 नोभेम्बर (निसं): एकजना युवकले फाँसी लगाएर आत्महत्या गरेको मामिला प्रकाशमा आएको छ। यो घटना खोरीबारीको जाँगीर जोतको हो। मृतकको नाम समीर बिर्जा (21) हो।
पारिवारिक सूत्र अनुसार समीर गत 1 महीनादेखि मानसिक तनाउमा थिए। युवक शुक्रवार अबेर राति घरबाट बाहिर निक्लिएका थिए। यसपछि तिनलाई राति नै धेरै ठाउँमा खोजबिन गरे, तर तिनको कुनै पत्तो लागेन। स्थानीय मानिसहरूले युवकलाई इलाकाको आईसीडीएस सेन्टर पछिको एउटा रूखमा झुन्डिरहेको अवस्थामा देखे। घटना पछि पुलिसलाई सूचना दिए। खबर पाउन साथ खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर पर शवलाई उद्धार गरेपछि पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।