खोरीबारीमा 126 ग्राम ब्राउन सुगरसहित लोग्ने-स्वास्नी पक्राउ

खोरीबारी, 8 मार्च (निसं)। 126 ग्राम ब्राउन सुगरसहित एक दम्पत्ति पक्रा परेका छन्। आरोपीहरूको नाम रुशन देवी गिरी र हारा कुमार बाराई रहेको छ। गोप्य सूत्रबाट जानकारी प्राप्त भएपछि खोरीबारी आउटपोस्ट पुलिस टोलीले खोरीबारीको पानीट्याङकी संलग्न शितला मन्दिर क्षेत्रको एउटा घरमा अभियान चलाएर 126 ग्राम ब्राउन सुगर र 46 हजार 300 रुपियाँ उद्धार गरेको छ।
जानकारी अनुसार, यी लोग्ने-स्वास्नी धेरै समयदेखि मादक पदार्थको ब्यवसायमा संलग्न थिए। त्यसपछि पुलिसले उनीहरूलाई पक्राउ गरेर खोरीबारी थानामा ल्याएको छ। आज उनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। उद्धार गरिएको मादक पदार्थको बजार मूल्य लाखौँ रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *