खोरीबारी, 10 मई : घर फर्कीरहेको समय एकजना व्यवसायीको भयावह सडक दुर्घटनामा मृत्यु भएको छ। उक्त घटनाले खोरीबारीको पानिट्याङकी नजिकै क्वाटर मोड, एशियन हाईवे 2 क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकको नाम बिश्वजीत दास (45) हो, उनी नक्सलबारीको रथखोला निवासी थिए।
स्थानीय सूत्र अनुसार, शुक्रबार राति पानीट्याङकीबाट बाइकमा सवार भएर आफ्नो घर फर्कीरहेको समय बिश्वजीत दासको विपरित दिशाबाट आइरहेको एउटा लरीले किच्चाएर घटनास्थलमैं दर्दनाक मृत्यु भयो। घटना पछि इलाकामा हडकम्प मच्चियो।
घटनाको खबर पाएलगत्तै नक्सलबारी र खोरीबारी थानाबाट धेरै संख्यामा पुलिस टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याएको बताइएको छ।
पुलिसले घटनास्थलबाट मृत शरीरलाई उद्धार गरेर नक्सलबारी अस्पताल लगिएको थियो र त्यहाँबाट रातिको समयमा पोष्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। सम्पूर्ण घटनाको पुलिसले जाँच शुरू गरेको छ।