खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत प्रसादु जोतको लगभग एक सय परिवार आज भाजपामा सामेल भएका छन्। आज एउटा कार्यक्रमबीच नयाँ सामेलकारीहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाइयो। यस अवसरमा भाजपा रानीगञ्ज-बिन्नाबारी मण्डल अध्यक्ष भोला नाथ सिद्धा, उपाध्यक्ष दिलीप महन्तो, महासचिव भवेश राय र अन्य कार्यकर्ताहरू उपस्थित थिए। रानीगञ्ज-बिन्नाबारी मण्डल उपाध्यक्ष दिलीप महन्तोले प्रसादु जोत बुथ नम्बर तीनको लगभग एक सय परिवार अन्य पार्टी छोडेर भाजपामा सामले भएको बताए।
