खोरीबारीमा 10 वर्षीय नाबालिगसित दुष्कर्म, आरोपीलाई फाँसीको सजायको माग

खोरीबारी : खोरीबारी थाना अन्तर्गत शुकारुजोतका एकजना आदिवासी नाबालिका युवतीलाई दुष्कर्म गरेको घटना प्रकाशमा आएपछि यहाँको सम्पूर्ण क्षेत्रमा आक्रोश देखा परेको छ। स्थानीय मानिसहरूले घटनाको तीव्र निन्दा गर्दै आरोपीलाई यथाशिघ्र कठोर सजाय दिने माग गरेका छन्। उक्त घटनाको प्रतिवादमा आज खोरीबारी आदिवासी विकास परिषदको तर्फबाट एउटा विरोध ऱ्याली निकालिइयो। विरोध ऱ्यालीमार्फत आरोपी उज्जवल सरकारलाई फाँसीको सजाय दिनु पर्ने माग गरे। यहाँको पानीट्याङ्की बतासीबाट शुरू गरिएको विरोध ऱ्यालीमा आदिवासी विकास परिषदका राधा मुण्डा, वाल्मीक बारला, दिना शामत, पीटर उरांव, मनोज हांसदा, झरी उरांव लगायत धेरै संख्यामा मानिसहरू सामेल थिए। यस अवसरमा मनोज हांसदाले बताए अनुसार खोरीबारी थाना अन्तर्गत शुकारुजोतमा एउटी 10 वर्षीय आदिवासी नाबालिकालाई दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ। नाबालिका घरमा एक्लै हुँदा तिनलाई तीन दिनसम्म लगातार चकलेट अनि दस रुपियाँको प्रलोभन देखाएर आरोपीले दुष्कर्म गरे। आरोपीलाई फाँसीको सजाय दिएर उक्त नाबालिग युवतीलाई न्याय दिनु पर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş