खोरीबारी : खोरीबारी खण्ड अन्तर्गत बुथ संख्या 57-मा विभिन्न समुदायको लगभग 30 परिवार अन्य पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। भाजपा युवा मोर्चा मण्डल अध्यक्ष तरुण सिंहले खोरीबारी अन्तर्गत बुथ संख्या 57-मा एउटा कार्यक्रमबीच विभिन्न समुदायका 30 परिवारलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराएको बताए। यस अवसरमा खोरीबारी बुढ़ागञ्ज मण्डल अध्यक्ष कल्याण कुमार प्रसाद, महासचिव महेन्द्र मेजर, महिला मोर्चा मण्डल अध्यक्ष सुलता सरकार, मण्डल युवा मोर्चा अध्यक्ष तरुण सिंह लगायत भाजपाका कार्यकर्ताहरू उपस्थित थिए।