खोरीबारीमा 4 बिघा धानको खेती आगोले जलेर नष्ट, जाँचमा जुट्यो पुलिस

खोरीबारी : खोरीबारीमा 4 बिघा धानको खेती आगोले जलेर नष्ट भएको छ। उक्त घटना आज बिहान खोरीबारीको पश्चिम हाउदाभिटामा घटेको हो। प्राप्त जानकारी अनुसार आज बिहान उक्त इलाकाका एकजना कृषक कृष्ण प्रसादको 4 बिघा धानको खेतीमा आगो लागेको देखेपछि स्थानीय मानिसहरूले सर्वप्रथम आगोलाई निभाउने प्रयास गरे। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस र नक्सलबारीबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। पीडिक कृषकको आरोप अनुसार योजना बनाएर कसैले धानमा आगो लगाइदिएको हो। आगोले लगभग 80 टन धान जलेर नष्ट भएको तिनले बताए। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO