खोरीबारीमा बाँस बोकेको कन्टेनर पल्टियो, चालक गम्भीर घाइते

खोरीबारी, 12 सितम्बर (निसं): जर्जर सडकको कारण बाँस बोकेको एउटा कन्टेनर अनियन्त्रित भएर सक किनारको गढ्ढामा पल्टियो। उक्त घटना खोरीबारीको बतासी बलाईझोडा इलाकाको राष्ट्रीय राजमार्ग- 327 मा घटेको हो। प्राप्त जानकारी अनुसार बाँस बोकेको कन्टेनर गुवाहाटीबाट उत्तर प्रदेश गइरहेको थियो। यसै अवधि खोरीबारीको बलाईझोडा इलाकामा सडक खराब भएको कारण कन्टेनर पल्टियो। घटनामा कन्टेनर चालक घाइते भएका छन्। घटनाको सूचना पाएपछि खोरीबारी थाना पुलिस घटनास्थलमा पुगे अनि घाइते चालकलाई उद्धार गरेर प्राथमिक उपचारको लागि पठाइदिएको छ। स्थानीय निवासीहरूले आरोप लगाए अनुसार राष्ट्रीय राजमार्ग खराब स्थितिमा रहेको छ। यसले गर्दा लगातार दुर्घटना भइरहेको छ। हाल पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom