खोरीबारीमा बाँसघारीबाट युवकको झुन्डिएको अवस्थामा शव उद्धार

खोरीबारी, 31 अगस्त (निसं): घर नजिकैको बाँसघारीबाट एकजना युवकको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा हडकम्प मच्चियो। मृतक युवकको नाम शुकलाल हाँसदा हो। तिनी खोरीबारी चुनीलाल जोत इलाका निवासी थिए। पारिवारिक सूत्र अनुसार युवक आफ्नो ससुराली घरमा नै बस्थे। तिनी शुक्रवार साँझ ससुराली घरबाट आफ्नो घरमा आएका थिए। यसपछि तिनी परिवारका सदस्यहरूसँगै खाना खाएर सुतेका थिए। तर आज बिहान घरमा तिनलाई नदेखेपछि परिवारका सदस्यहरूले खोजी गरे। यसपछि तिनलाई घर नजिकको बाँसघारीमा झुन्डिएको अवस्थामा भेट्टाए।
अर्कोतिर, घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइदिए। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom