खोरीबारीमा भएको 26 लाख रुपियाँ लुटपाट घटनाको मास्टरमाइन्ड राजस्थानको अजमेरबाट पक्राउ

खोरीबारी: खोरीबारी थाना पुलिसले केही महिना अघि खोरीबारीमा भएको 26 लाख रुपियाँको लुटपाट मामिलाका प्रमुख मास्टर माइन्डलाई राजस्थानको अजमेरबाट पक्राउ गरेर ट्रान्जिट रिमान्डमा सिलगढी ल्याइ पुऱ्याएको छ। पक्रा पर्ने आरोपी इस्लामपुर निवासी एमडी मोफिजुद्दीनको रूपमा चिन्हित गरिएको छ। आज आरोपीलाई अदालतमा पेश गरेपछि सोध खोजको लागि पुलिस हिरासतमा पठाइएको छ। स्मरण रहोस, गत 22 जुलाईको दिन खोरीबारीको सोना चाँदी चिया कमान नजिक केही दुष्कृतिहरूले हतियार देखाएर 26 लाख रुपियाँ लुटेको थियो। उक्त घटनामा पुलिसले कार्वाही गर्दै यसभन्दा अगावै 8 जनालाई पक्राउ गरिसकेको बताइएको छ भने तिनीहरूसितको सोधखोज पछि नै उक्त घटनाको मास्टरमाइन्ड एमडी मोफिजुद्दीनलाई अजमेरबाट पक्राउ गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *