खोरीबारी : तस्करी गर्न अगावै 175 ग्राम ब्राउन सुगरसहित 3 जना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा बेपारू टुडू (47), रञ्जन विश्वकर्मा (35) र सोमेन मण्डल (29) सामेल छन्। तीमध्ये दुईजना दक्षिण दिनाजपुर र एकजना मालदा निवासी हुन्। गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनका जवानहरूले खोरीबारीको डन्डाझाड़ इलाकाबाट ब्राउन सुगरसहित तीनजना युवकलाई पक्राउ गरेपछि खोरीबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। जफत गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य 5 लाख रुपियाँ रहेको छ।
