खोरीबारीमा झुन्डिएको अवस्थामा वृद्धको शव उद्धार

खोरीबारी (निसं): खोरीबारीको प्रसादुजोतमा एकजना वृद्धको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलियो। मृतकको नाम जगदीश बर्मन (72) हो। प्राप्त जानकारी अनुसार वृद्ध धेरै अघिदेखि बिमारी थिए। शुक्रवार राति तिनी खाना खाएर सुतेका थिए। यसपछि आज बिहान मृतकको पत्नीले वृद्धलाई घरभित्र झुन्डिएको अवस्थामा देखे। घटनाको खबर पाएर खोरीबारी आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्ट मर्टमको लागि उत्तरबंग मेडिकल कलेज तथा अस्पताल पठाइ दिएको छ। अर्कोतिर, परिवारका सदस्यहरूले बताए अनुसार मानसिक तनाउको कारण उनले आत्महत्या गरेको हुन सक्छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


 

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *