खोरीबारीमा मातेको अवस्थामा युवकले गरे आत्महत्या

खोरीबारी, 11 सितम्बर (निसं): मातेको अवस्थामा एकजना युवकले घाँटीमा फाँसी लगाएर आत्महत्या गरेको घटना सामु आएको छ। यो घटना खोरीबारीको बुरागञ्ज धामभिटा जोत इलाकाको हो। मृतकको नाम ह्रदय सिंह (23) हो।
पारिवारिक सूत्र अनुसार मंगलवार साँझ युवक मातेर घरमा आएपछि तिनलाई घरमा गाली गरेको थियो अनि पछि तिनी घरमा नै झुन्डिए। तिनलाई झुन्डिएको देखेपछि तत्कालै परिवारका सदस्यहरूले उद्धार गरेर खोरीबारी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले तिनलाई मृतक घोषित गरिदिए। युवकको शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठाइ दिएको छ। खोरीबारी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom