खोरीबारी, 10 मार्चः खोरीबारीको डुमुरिया नदीबाट ट्याक्टरमा हालेर बालुवा चोरी गरेको घटनामा पुलिसले 2 जनालाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार, नदीबाट अवैध रूपमा बालुवा लिएर खोरीबारीतर्फ आइरहेको 2 वटा ट्र्याक्टरलाई खोरीबारी थाना पुलिसले रोकेर बालुवाको वैध कागज सोद्धा, चालकले देखाउन नसकेपछि 2 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम शिबु दास र सागर मुण्डा हो। दुवै जना खोरीबारीका निवासी हुन्। पक्रा परेकाहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।