खोरीबारीमा तृणमूल युवा कांग्रेसको कमिटी गठन

खोरीबारी : खोरीबारी तृणमूल युवा कांग्रेसको तर्फबाट पार्टी कार्यालयमा आफ्ना कार्यकर्ताहरूको साथमा एउटा बैठकको आयोजना गरियो। उक्त बैठकमा खोरीबारी खण्ड तृणमूल युवा कांग्रेस कमिटीको पूर्ण कमिटी गठन गरियो। यस अवसरमा तृणमूल युवा कांग्रेसका जिल्लाध्यक्ष विकास रञ्जन सरकार, खोरीबारी तृणमूल युवा कांग्रेसका खण्ड अध्यक्ष किशोरी मोहन सिंह, रणदीप मिश्रालगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल युवा कांग्रेसका जिल्लाध्यक्ष विकास रञ्जन सरकारले संगठनलाई अझ बलियो बनाउने साथै आगामी चुनाउलाई केन्द्र गरेर उक्त कमिटीको गठन गरिएको हो। यसको साथै खण्डका सबै बुथहरूमा पनि 40 युवाहरूलाई लिएर आगामी 25 फरवरीसम्म एउटा कमिटी गठन गर्ने निर्देश दिएको तिनले बताए। पार्टी कार्यालयमा बैठक गरेर खण्ड कमिटीमा 33 जना कार्यकर्ताहरूलाई लिएर कमिटीको गठन गरेको खोरीबारी तृणमूल युवा कांग्रेसका खण्ड अध्यक्ष किशोरी मोहन सिंहले बताए। उक्त कमिटीमा महासचिवको पदमा रणदीप मिश्रालाई चयन गरियो भने कमिटीमा पाँचजना कार्यकारी अध्यक्ष, पाँचजना कन्भेनर चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom