खोरीबारी थानामा नयाँ चाइल्ड फ्रेन्डली कर्नरको उद्घाटन

नक्सलबारी: नाबालक, नाबालिकाको सुविधाको लागि खोरीबारी थानामा नयाँ चाइल्ड फ्रेन्डली कर्नरको उद्घाटन गरियो। स्वयम्‌सेवी संगठन सिनी-को सहयोगमा खोरीबारी थानामा चाइल्ड फ्रेन्डली कर्नरको उद्‌घाटन गरियो। यस अवसरमा दार्जिलिङका अतिरिक्त पुलिस सुपर मनोरञ्जन घोष, सीआई नक्सलबारी सुदीप्त सरकार, खोरीबारी बीडीओ निरञ्जन बर्मन, खोरीबारी ब्लक स्वास्थ्य अधिकारी डा. सफीउल आलम, खोरीबारी ओसी सुमन कल्याण सरकार उपस्थित थिए। कुनै प्रकारको असुविधा भएको खण्डमा सिनीको हेल्पलाइन नम्बर 1098 –मा सम्पर्क गर्ने सुझाउ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *