सोनादा (निसं) : सोनादा राजाहट्टा निवासी आनन्द छेत्री (पिता सागर छेत्री) किड्नी रोगले ग्रसित छन्। तिनको उपचार हाल कोलकोताको रवीन्द्रनाथ टैगोर अस्पतालमा चलिरहेको छ भने तिनकी बहिनीले तिनलाई किड्नी दान गर्ने भएको छ। यसको लागि 6 लाख रुपियाँ खर्च लाग्ने भएकोले परिवारका सदस्यहरूले सो खर्च जुटाउन असमर्थ छन्। आनन्द छेत्री घरमा कमाउने एकमात्र हुन्। तिनको बाबु सागर छेत्री पनि छोराको बिमारीपछि स्टक भएर बिमारी अवस्थामा रहेका छन्। यसैले पीडित रोगीलाई उपचार हेतु सहयोग गर्न चाहने महानुभवहरूले किड्नी रोगी आनन्द छेत्रीको एकाउन्ट नम्बर 20389166533 Ifsc code SBIN0015313 सोनादा शाखामा हालिदिने अनुरोध गरेका छन्।