किशोरीसित दुष्कर्म गरेको आरोपमा 65 वर्षीय वृद्ध पक्राउ

राजगञ्ज : राजगञ्ज पुलिसले किशोरीसित दुष्कर्म गरेको आरोपमा एकजना वृद्धलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका वृद्ध 65 वर्षीय मन्टुलाल दासको रूपमा चिन्हित गरिएको छ। उक्त घटना राजगञ्जको शिकारपुर ग्राम पञ्चायत इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार मन्टुलालले गत 3 वर्षदेखि नवौँ श्रेणीकी छात्रालाई मार्ने धम्की दिँदै लगातार दुष्कर्म गर्ने गरेको बताइएको छ। 17 वर्षीय उक्त किशोरी गर्भवती भएपछि घटनाबारे थाहा पाएको हो। उक्त वृद्धले किशोरीलाई क्यानल तथा चियाकमानमा लगेर लगभग 3 वर्षदेखि लगातार दुष्कर्म गर्ने गरेको आरोप रहेको छ। उक्त वृद्धले किशोरीलाई मार्ने धम्की दिएकोले गर्दा तिनले यसबारे कसैलाई केही भनेकी थिइनन्। घटनाबारे थाहा पाएपछि पीडित परिवारले हिजो राजगञ्ज थानामा वृद्धविरुद्ध लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी वृद्धलाई शिकारपुरबाट पक्राउ गरेको बताइएको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/