बिजनबारी: स्थानीय मानिसहरूको असुविधालाई ध्यानमा राखेर बिजनबारी गोक दुई ग्राम अधीनस्थ कोलबुङ निम्न बुनियादी पाठशालामा एकदिने नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरियो। स्थानीय कोलबुङ देवराली संघद्वारा आयोजित उक्त शिविरमा दार्जिलिङका डाक्टरहरूले वरिपरिका विभिन्न गाउँका धेरै मानिसहरूले स्वास्थ्य जाँच गर्दै उचित परामर्श दिए। यसको साथै निःशुल्क औषधि पनि वितरण गरे।
