कोलबुङमा संयुक्त युवा संघद्वारा “कलिला कलम” कार्यक्रम

बिजनबारी: युवाहरूलाई सुमार्गमा हिडाउने साथै कोलबुङ लगायत गोक दुई ग्रामका विभिन्न गाउँहरूका कलिला साहित्यिक सर्जकहरूलाई मञ्च दिने उद्देश्य लिएर संयुक्त युवा संघ कोलबुङले स्थानीय कोलबुङ बुनियादी पाठशालाको प्राङ्गणमा एक कलिला कलम नामक साहित्यिक तथा सांगीतिक कार्यक्रमको आयोजना गरियो। समाजसेवी तथा शिक्षक गोपाल शर्माको सभापतित्व तथा कवि विकाश बिस्मितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लगभग एक दर्जन नवोदित कविहरूले आ-आफ्नो रचनाहरू वाचन गरे। यस प्रकारको कार्यक्रमहरूको आयोजना गरे युवा वर्गले उचित मञ्च पाउने प्रमुख अतिथि बिस्मितले बताए। कार्यक्रममा स्थानीय नवोदित कलाकारहरू मिठा मिठा गीतहरू प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध पारे। कार्यक्रममा अतिथि कविको रूपमा कवि योगेश ग्याबक, सन्त कुमार ठटाल, उमा निरौलाले कविता वाचन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş