कलकता डाक्टर रेप-मर्डर केस: खोरीबारी थानामा भाजपाको विरोध प्रदर्शन कार्यक्रमलाई लिएर देखा पऱ्यो तनाउ

खोरीबारी, 23 अगस्त (निसं): आरजी कर मेडिकल कलेजमा महिला डाक्टरसित भएको दुष्कर्म अनि हत्या मामिलालाई लिएर राज्य भाजपाको आह्वानमा आज थानाहरूमा विरोध प्रदर्शन कार्यक्रम चलिरहेको छ। यसैक्रममा, खोरीबारी थानामा भाजपाको विरोध प्रदर्शन कार्यक्रमलाई लिएर आज तनाउको माहौल देखा पऱ्यो। आज भाजपा कार्यकर्ता अनि समर्थकहरू खोरीबारी थाना परिसरमा पुगे। तथापि प्रदर्शनकारीहरूलाई थानामा प्रवेश गर्न अगावै पुलिसले बेरिकेड लगाएर रोके। यस अवधि पुलिससित प्रदर्शनकारीहरूको धक्का-मुक्की भयो। प्रदर्शनकारीहरूले बेरिकेड भत्काएर भित्र पस्ने कोशिश गरे। यसपछि उक्त घटनालाई लिएर व्यापक तनाउको माहौल देखा पऱ्यो। स्थितिलाई नियन्त्रण गर्नका लागि थानामा अतिरिक्त पुलिस वाहिनी तैनाथ गरिएको छ। यस सम्बन्धमा भाजपाको जिल्ला किसान मोर्चा अध्यक्ष माणिक बर्मनले भने, यो घटना योजनाबद्ध तरिकाले गरिएको हो। यसको विरोधमा सम्पूर्ण राज्यमा भाजपाको विरोध प्रदर्शन कार्यक्रम चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet