सोनादा : क्रामाकपा दार्जिलिङ आञ्चालिक कमिटीको गाउँ पसौ अभियान कार्यक्रम अन्तर्गत आज सोनादा इलाकाको लोअर सिडर्स शाखामा ट्रेड युनियन, नारी मोर्चा, युवा मोर्चाका सदस्यहरूलाई लिएर एउटा सभाको आयोजन गरियो। सभाको सभापतित्व आरएल छेत्रीले गरेका थिए भने क्रामाकपा केन्द्रीय सदस्य बीएम राई प्रमुख रूपमा उपस्थित थिए। अकबर चामलिङले सञ्चालन गरेको सभामा केन्द्रीय नेतृत्व नर्बु लामा, शेखर छेत्री, अरूण घतानी, नारी मोर्चाबाट केन्द्रीय सभापति बिन्दीया डुक्पाले सम्बोधन गरेका थिए। क्रामाकपा दार्जिलिङ आञ्चालिक सभापति केबी राईले सभालाई सम्बोधन गरेको अर्पण बान्तावा राईले जानकारी दिएका छन्।