क्रामाकपा-द्वारा मिरिकमा व्यापक पोस्टरिङ

मिरिक : क्रामाकपा-ले आज मिरिकमा व्यापक पोस्टरिङ गरेको छ। क्रामाकपा मिरिक आञ्चलिक कमिटीका अध्यक्ष एवम् केन्द्रीय सदस्य अर्जुन थापा र केन्द्रीय सदस्य कैलाश खवासको नेतृत्वमा शुकछिरिङ लेप्चा, प्रवेश खवास आदिको उपस्थितिमा मिरिकको विभिन्न ठाउँमा पोस्टरिङ गरिएको छ। उक्त पोस्टरहरूमा बंगालभित्रको कुनै पनि व्यवस्थाले गोर्खाहरूको स्थायी समस्याको समाधान हुँदैन भन्ने कुरा लेखिएको छ। क्रामाकपाले अलग राज्य बाहेक अन्य कुनै व्यवस्थालाई नमान्ने बताउँदै क्रामाकपा नेता अर्जुन थापाले क्रामाकपा गठनको उद्देश्य नै छुट्टै राज्य रहेको दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *