कालेबुङ : पहाडको राजनैतिक दलहरू एकपछि अर्को गर्दै टुक्रिने क्रम जारी देखिन्छ। यसै क्रममा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) कालेबुङ आञ्चलिक अध्यक्ष किशोर प्रधानलाई पार्टीबाट निष्कासित गरिएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, हालै सम्पन्न विधानसभा चुनाउमा कालेबुङका समर्थकहरूको अडानलाई समर्थन गर्दै तिनले पार्टीको निर्देशलाई पर सारेर भाजपाका कालेबुङ विधानसभा आसनका प्रार्थी शुभ प्रधानलाई नसघाउने निर्णय लिएका थिए। यसैले पार्टीको निर्देशलाई पालन नगरेर पार्टी विरोधी कार्य गरेकोमा तिनलाई दलबाट निष्कासित गरिएको बताइएको छ।