कुहिरोले दुईवटा ट्रक ठोक्किँदा सड़क अवरोध

अलिपुरद्वार : फालाकाटा ब्लकको जटेश्वर ब्लक संलग्न इलाकामा आज बिहान कुहिरोको कारण दुईवटा ट्रक आपस्तमा ठोक्कियो। तथापि उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। प्राप्त जानकारीअनुसार आज बिहान आठ बजी फालाकाटा-वीरपाडा 31 नम्बर राष्ट्रिय राजमार्गमा अधिक कुहिरोको कारण दुईवटा ट्रक आपस्तमा ठोक्किँदा केही समयको लागि उक्त इलाकामा वाहनहरूको चलाचलमा बाधित भएको थाहा लागेको छ। घटनाको खबर पाएर जटेश्वर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर ती दुईवटा ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet