खरसाङ : खरसाङमा आगामी 8 जुन अर्थात् सोमबारदेखि सबै दोकानहरू खोल्ने भएको छ। खरसाङ व्यवसायी संगठनको आज बसेको सभामा उक्त निर्णय लिएको छ। खरसाङ व्यवसायी संगठनले गत 29 मईदेखि बजारका दोकानहरू बन्द गर्ने निर्णय लिएको थियो। त्यसैले बजारको दोकानहरू खोल्ने अथवा नखोल्ने विषयमा आज खरसाङ व्यवसायी संगठनको महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकमा महत्वपूर्ण निर्णय लिँदै आगामी 8 जुन अर्थात् सोमबारदेखि खरसाङ बजारका सबै दोकानहरू पूर्ण रूपमा खुल्ला रहने व्यवसायी संगठनको पक्षबाट घोषणा गरेको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ व्यवसायी संगठनको सल्लाहाकर पेम्बा जिम्बाले 8 जुन अर्थात् सोमबारदेखि खरसाङ बजारका सबै दोकानहरू पूर्ण रूपमा खुल्ला रहने बताए। खरसाङ व्यवसायी संगठनको आज बसेको बैठकमा आफूहरूले छलफल गरेर अब कोरोना भाइरससित लड्दै विस्तारै जिउनु पर्नेछ भन्दै दोकानहरूमा राखिएको सबै सर-सामानहरू नष्ट भइरहेको साथै दोकानेहरूमा आर्थिक संकटको स्थिति देखा परेको कारणले गर्दा नै आफूहरूले आगामी 8 जुनदेखि खरसाङ बजारका सबै दोकानहरू खोल्ने निर्णय लिएको तिनले बताए।