खरसाङ बजारका मानिसहरूलाई मैला डस्बिनमा फ्याँकिदिने नगरपालिका उपाध्यक्ष सुभाष प्रधानको अपील

खरसाङ : खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारलाई स्वच्छ र सुन्दर बनाउन निरन्तर कार्य गरिरहेको र यसको लागि नगरपालिकाले प्रत्येक बिहान बजारको विभिन्न स्थानहरूमा सर सफाई दैनिक रुपमा गरिरहेको तर स्थानीयहरूले मैला जताभावी फ्याँकिएको गुनासो अघि आएको छ । खरसाङ बजारको विभिन्न स्थानहरूमा नगरपालिकाले मैलाहरु सठीक रुपमा फ्याँक्नलाई डस्टबीनहरू राखे पनि मैला डस्टबिनमा नराखेर बाहिर नै जताभावी फ्याँकिएको बताइएको छ। बजारमा यस्ता मैला फ्याँक्नलाई जम्मा 49 वटा डस्टबिनहरू राखिएको भए पनि मानिसहरूले उक्त डस्टबिनको सही प्रयोग नगरेर मैलाहरू जताभावी फ्याँकिएको बताइएको छ।


आज बिहान नगरपालिकाको कर्मचारीहरूले मैला सफा गरेपछि पनि मानिसहरूले मैला डस्टबिन बाहिर नै मैला फ्याँकेको र यसको   लागि खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले सबैलाई निवेदन गर्दै मैलाहरू डस्टबिनमा नै फ्याँकि दिने निवेदन गरेका छन्। तिनले नगरपालिका सदैव खरसाङ बजारलाई स्वच्छ र सुन्दर बनाउन निरन्तर कार्य गरिरहेको र यसमा जनताको पनि साथ र सहयोग चाहिने बताउँदै यो हाम्रो जनताप्रति निवेदन छ भनी बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ बजारमा नगरपालिकाले मैलाहरू फ्याँक्नलाई 49 वटा डस्टबिनहरू बनाएको तर मानिसहरूले मैलाहरू डस्टबिन बाहिर नै मैला फ्याँकेको बताउँदै सबैलाई सटीक स्थानमा मैला फ्याँक्ने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *