खरसाङ बजारको हाट बजारमा रहेको राम मन्दिरमा चोरी

खरसाङ (निसं) : खरसाङ बजारको हाट बजारमा रहेको राम मन्दिरमा गत राति चोरी भएको छ। राति लगभग 2 बजीतिर मन्दिरको गेटको ताला भत्काएर मन्दिरभित्र प्रवेश गरेर मन्दिरमा चोरी गरेको सीसीटिभी फुटेजमा कैद भएको छ। सीसीटिभी फुटेजमा देखिए अनुसार गत राति 2 बजेर 20 मिनटतिर राम मन्दिरमा एकजना चोरले चोरी गरेर भागेको फुटेज कैद भएको छ। खरसाङको हाट बजारमा रहेको राम मन्दिरका पुजारी पण्डित अखिलेन्द्रराज द्विवेदीले बताए अनुसार सीसीटिभी फुटेजमा देखिए अनुसार चोरले पहिला मन्दिरको गेटको ताला भत्काएर मन्दिरभित्र प्रवेश गरेर भित्रको ताला पनि भत्काएर भगवानको मुकुट, कानको बाली र अन्यहरू सर समानहरू चोरेर लगेको छ।


पुजारीले बताए अनुसार सधैँ झैँ पुजाको लागि मन्दिरमा आउँदा मन्दिरको गेटको ताला भत्किएको अवस्थामा अनि मन्दिरभित्रको मूलद्वारको ताला पनि भत्काएर चोरी गरेको तिनले बताए। मन्दिरमा चोरी भएको घटना विषयमा पुलिसलाई फोनमार्फत् जानकारी गराएपछि खरसाङ टाउन पुलिस आउट पोष्टको पुलिस घटनास्थलमा आएर मन्दिरमा जडान गरिएको सीसीटिभी फुटेज लगेर गएको र हामी खरसाङ थानामा गएर लिखित रूपमा पुलिसलाई चोरी विषयमा जानकारी गराउने पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel giriş