खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा आयोजना गरिएको स्थापना दिवसलाई लिएर आज खरसाङ बजारमा पार्टीको झण्डाहरू लगाउने कार्य सम्पन्न गरिएको छ। बजारमा पार्टीको झण्डाहरू लगाउने कार्य युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अगुवाईमा सम्पन्न भयो। युवा शक्तिले बजारको विभिन्न स्थानहरूमा पार्टीको झण्डाहरू लगाएका छन्। खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले केन्द्रीय स्तरमा तीन दिनव्यापी स्थापना दिवस पालन गरिरहेको छ। आज खरसाङमा पार्टीको झण्डाहरू लगाउने कार्य विषयमा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन् ।