खरसाङ चौकी डाँडाको तरूण संघ अनि तरूण संघ युथको आयोजनामा संवर्द्धना अनि सम्मान कार्यक्रम

खरसाङ (निसं): खरसाङ शहर नजिक चौकी डाँडाको तरूण संघ अनि तरूण संघ युथको संयुक्त आयोजनामा संवर्द्धना अनि सम्मान कार्यक्रम सम्पन्न गरियो। तरूण संघका सभापति ज्योति तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा डाक्टर सुशान्त कार्की उपस्थित थिए भने अन्य विशिष्ट अतिथिको रूपमा फुर्बा छिरिङ, सिवाङ लामा, रोहित ठकुरी, दीक्षा लामा,जय प्रकाश लामा लगायत स्थानीय गण्यमान्य व्यक्तिहरू, वरिष्ठ नागरिकहरू, शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


प्रयास शेर्पा, प्रेरणा ठकुरी, शेखर सुब्बाले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा शिक्षा, साहित्य, खेल, मनोरञ्जन, सामाजिक लगायत विविध विषयहरूमा विशिष्ट योगदान पुऱ्याउने स्थानीय धेरै सदस्यहरूलाई संवर्द्धना अनि सम्मान जनाइयो। कार्यक्रमलाई मुख्य एवम् विशिष्ट अतिथिहरूले सम्बोधन गर्दै कार्यक्रमको मुग्ध कण्ठले प्रशंसा गर्दै आगामी दिनहरूमा अझ यसभन्दा पनि भव्य कार्यक्रम गर्ने आग्रह गरे। कार्यक्रममा स्थानीय बाल कलाकारहरूले गीत, नृत्य आदि प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *