खरसाङ ( निसं): खरसाङदेखि केही माथि गोथल्स साइडिङमा आज अपरान्ह ट्रेन डिरेल भएको जानकारी प्राप्त भएको छ। दार्जिलिङ हिमालयन रेलवेको ईञ्जिन डिरेल भएको बताइको छ। सम्बन्धित सूत्रले दिएको जानकारी अनुसार डीएचआर (दार्जिलिङ हिमालयन रेलवे)-को डिजेल ट्रेनले वाष्प ईञ्जिनलाई तानेर मरमत्तिको लागि तीनधारेस्थित रेलवे कारखाना लगिरहेको समय गोथल्स साईडिङमा ईञ्जिनले लिग् छोड़ेको जान्नमा आएको छ।
उक्त रेलको ईञ्जिन डेड रहेको र मरमत्तिको लागि लगिएको समय खरसाङको गोथल्स नजिकमा डिरेल भएको छ। ट्रेन डिरेल भए पनि उक्त दुर्घटनामा कसैलाई केही नभएको बताइएको छ।