खरसाङ सिविटारको बाघमारामा सुभाष चन्द्र बोसको 125औँ जन्म जयन्ती पालन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टि अन्तर्गत  सिविटारको बाघमारा बस्तीमा आज सुभास चन्द्र बोसको 125औँ जन्मदिन बाघमारा बाल संस्कार केन्द्रद्वारा भव्यताको साथमा पालन गरियो। यस अवसरमा खरसाङ क्षेत्र प्रमुख सञ्जय लिम्बूको विशेष उपस्थिति रहेको थियो भने वयोवृद्ध चन्द्रबीर लामाले अध्यक्षता गरेको थियो। विनोद तामाङले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रीति छेत्रीले सुभाष चन्द्र बोसको जीवनीबारे प्रकाश पारे। बाल संस्कार केन्द्रको नानीहरूद्वारा विभिन्न नृत्य, राष्ट्रिय भक्ति गीत, कविता, चित्रकला सरस्वती वन्दना आदि प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्तमा उक्त प्रतियोगितामा भाग लिएका प्रथम, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने नानीहरूलाई पुरस्कार एवम् प्रमाणपत्रहरू अतिथिहरूको बाहुलीबाट वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *