खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 7 मा रहेको डाउहिल रोडको धर्मशाला माथिल्तिरको रोड खरसाङ नगरपालिकाले मरमति गरेको छ । वार्ड नम्बर सातको यस रोडमा स्वारेज प्रणालीको पाइप बिछ्याएर पछिबाट मरमति गरिए तापनि गत वर्षाको समयमा पानीले निक्कै जीर्णावस्थामा पुगेको थियो अहिले स्थानीय जनसाधारण र पुलिस प्रशासनको गुनासोपछि नगरपालिकाले जनसाधारणको असुविधालाई ध्यानमा राखेर मरमति कार्य गरेको बताइएको छ। उक्त मरमत्तिको कार्य खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधानको अगुवाईमा एसआई सरोज गजमेर, गोविन्द अधिकारी, विशाल सुनुवार एवम् सोनाम लामा उपस्थितिमा गरिएको छ। यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराउँदै
यस क्षेत्रमा शौचालय मल-मूत्रको पाइप लाइन बिछ्याउने कार्य पूर्ण गरेपछि डाउहिल रोड धर्मशाला माथिको बाटो पेलाइ कार्य गरे तापनि यसपालीको बर्खा झरीले डाउहिल रोड, मुर्दाहाटी जाने बाटो, कटलेरी जाने बाटो, वार्ड नम्बर 20 चाँदमारी गाँउ पस्ने बाटो जगा जगा भत्किएको जानकारी सरकारलाई दिएका छौं भनी बताएका छन्। सरकारद्वारा अनुमोदन आए झट्टै मरमति कार्य गरिने छ भने डाउहिल रोडको ट्राफिक बडाबाबुको सहयोग लिएर जनहितमा एवम् चालकहरूको असुविधालाई ध्यानमा राखेर अबेर रातिसम्म मरमति कार्य गरिएको तिनले बताए।
