खरसाङ डुमाराम बस्तीका अर्जुन लिम्बुद्वारा आफ्नै खर्चमा नालीको सर सफाई

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 4 डुमाराम बस्तीका अर्जुन लिम्बुले आफ्नै खर्चमा नालीहरूको सर सफाई गर्ने कार्य गरिरहेका छन्। तिनले आफै सामाजिक सेवा कार्य गर्दै आफ्नो पकेट खर्च अनि श्रमदानले बाटोको मरमतिको कार्य गरे। तिनले आफ्नो श्रमदानमा नै वार्ड नम्बर 4-मा रहेको गाउँको नालीको सर सफाई गर्दैछन्। तिनले वर्षौदेखि फोहोर मैला जमेर बसेको गाउँको नाला सफा गरे तापनि कसैबाट कुनै प्रोत्साहन समेत नपाएको बताए। सोझो अनि सरल प्रवृतिका अर्जुन लिम्बु एकजना बेरोजगार युवा हुन्। तर आफू बेरोजगार भए तापनि गाउँको लागि आफुले धेरै कार्यहरू गर्दै अघि बढ़िरहेका छन्। गाउँमा रहेको मैला नालीहरू सफा गरेर सबैको लागि उदाहरण नै प्रस्तुत गर्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *