खरसाङ गिद्ध पहाड़ समष्टिका प्रार्थी अनित थापाको पक्षमा चुनाउ प्रचार

खरसाङ (निसं) : खरसाङ गिद्ध पहाड़ समष्टिबाट चुनाउ लडिरहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउन खरसाङ बजारको विभिन्न वार्डहरूमा चुनावी सभा सम्पन्न भइरहेको छ। यसै क्रममा आज खरसाङ बजारको वार्ड नम्बर 12 मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुानवी सभा सम्पन्न गरियो। पार्टीको खरसाङ टाउन कमिटीका सभापति राजु शर्माको अध्यक्षतामा सम्पन्न सभालाई टाउन कमिटीका सचिव दिपेन्द्र सेवाले सञ्चालन गरेका थिए। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, 29 नम्बर समष्टि खरसाङ गिद्ध पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ र सचिव भक्तिमान तामाङले वक्तव्य राखे। तिनीहरूले आगामी जीटीए चुनाउमा पार्टीको केन्द्रीय अध्यक्ष अनित थापालाई जिताउने आह्वान गरे। यसै सभामा आगामी जीटीए चुनाउको लागि खरसाङ बजारको वार्ड नम्बर 12 को लागि बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा को-अर्डिनेटरको रूपमा सचिन लामालाई चयन गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोनले सभा विषयमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *