खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको धन्यवाद सभा

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको धन्यवाद सभा आज संघको सभापति मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभामा गत 76 औं स्वतन्त्रता दिवसको अवसरमा फुटबल टुर्नामेन्ट र  म्याराथन दौड़ सफलतापूर्वक सम्पन्न भएकोमा खरसाङ पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले सबै संघ-संस्थाहरू र व्यक्ति विशेष सबैप्रति आभार प्रकट गरे। तिनले स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्ट र म्याराथन दौड़मा विभिन्न तरिकाले सहयोग गरेको कारणले नै सबै यत्रो ठूलो कार्य सफलतापूर्वक सम्पन्न भएको भन्दै विभिन्न तरिकाले सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्। यही सभामा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी 23  सेप्टेम्बरदेखि हुने अन्डर 14 बोइस फुटबल टुर्नामेन्ट र एथलेटिक मिट विषयमा चर्चा-परिचर्चा गरिएको जानकारी संघको सचिव निर्मल गुरुङले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL