खरसाङ : खरसाङका पत्रकार हनोक थापा मातृ शोक परेका छन्। तिनको आमा मरियम थापाको सोमबार साँझ 5.30 बजीतिर खरसाङ अस्पतालमा 64 वर्षको उमेरमा निधन भएको छ। विगत दुई वर्ष अघि मुटुको सर्जरी गरिएको र विगत केही दिनदेखि श्वास फेर्नमा कठिनाई भइरहेकोले गर्दा हिजो अपरान्ह तिनी अस्वस्थ्य भएपछि खरसाङ महकुमा अस्पतालमा उपचारको लागि लगेको समय जाँच अवधि डाक्टरले मृत घोषित गरिदिए। तिनको निधन ह्रदयघातको कारणले भएको बताइएको छ। पत्रकार हनोक थापाकी आमा मरियम थापाले आफुपछि पति फिलेमोन थापा सहित छोराहरू प्रकाश थापा, हनोक थापा, हनियल थापा, छोरीहरू माया तामाङ, यसोदा थापा, अलबिना थापा, ज्वाईहरू र नाता नातिनीहरू छोडी गएका छन्। तिनको अन्तिम संस्कार आज मंगलबार खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदान पाखामा ख्रिष्टियन धर्म परम्परानुसार अन्तिम संस्कार गरियो।
