खरसाङ : गोजमुमो खरसाङ शहर युवा समिति अध्यक्ष सन्दीप प्रधान र सचिव अनि बिरेश लामाको नेतृत्वमा आज खरसाङ सदर अस्पतालका सुपरिन्टेन्डेन्टलाई भेटेर हाल जनताले सामना गरिरहेका समस्याहरु बारेमा कुराकानी गरे। यस अवसरमा सुपरिन्टेन्डेन्टले तिनीहरूलाई बताए अनुसार कोभिड टीकाकरण प्रक्रिया हाल क्रमैले हकर, आमा, गर्भवती महिला, मजदुर, चालक, बिद्यार्थी आदिको श्रेणी अनुसार चलिरहेको छ। आपतकालीन स्थितिमा कुनै पनि व्यक्तिले भ्याक्सिनको निम्ति एसडीओ कार्यालयमा वैध दस्तावेजसँग मात्र वास्तविक कारणको लागि आवेदन छोड्न सक्छन् भन्ने जानकारी गराइयो। प्रतिनिधि टोलीका सदस्य तथा युवा मोर्चाका अध्यक्ष सन्दीप प्रधानले खरसाङ शहरका युवाहरु आपतकालिन अवस्थामा खोपको लागि जनतालाई सहयोग गर्न अगाड़ी रहेको बताउँदै तिनले जनतासँग यदि कुनै सहयोग चाहिन्छ भने युवाहरु सधैं मद्दत गर्न तयार रहेको बताए।
