खरसाङको अम्बटेमा तीनदिने चण्डी महायज्ञ जारी

खरसाङ (निसं): खरसाङ नजिक अम्बटे चियाबारी अन्तर्गत पाँचघरे गाउँमा तीन दिवसीय चण्डी महायज्ञ हिज सोमवारदेखि शुरू भएको छ। पाँचघरे ग्राम सुधार कल्याण समितिको आयोजनामा गरिएको यो दोस्रो वर्ष हो। सम्पूर्ण प्राणी जगतको कल्याण हेतु एवम् मानव मात्रको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुरू गरिएको चण्डी महायज्ञको पहिलो दिन भक्तजन कलस यात्रा लिएर सर्वप्रथम स्थानीय जलपा देवी मन्दिरमा गई शुद्ध जल संग्रह गरेर सिंहदेवी मन्दिरको परिक्रमा गर्दै प्राय: पाँच किलोमिटरको पदयात्रामा सम्पूर्ण गाउँवासी सहभागी बने। आयोजक मण्डलीको पक्षमा मन्तव्य राख्दै मूल सचिव देव कुमार थापाले बताए अनुसार भर्खर मात्र अम्बटे चियाकमान पुन: खोलिएको कारणले पनि सम्पूर्ण भक्तजनमा चण्डी महायज्ञप्रति व्यापक जोश र उत्साह देखिको छ साथै अम्बटेका विभिन्न गाउँ अनि खरसाङ शहरवासीहरूबाट पनि महायज्ञको निम्ति आर्थिक सहयोग प्राप्त भएको आयोजक समितिको पक्षबाट सुदर्शन प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş