खरखाङको चिलाउने धुरामास्थित तीनकन्या देवी मन्दिरमा आजदेखि तीन दिवसीय पूजा शुरू

खरसाङ: खरसाङको लङ्गभ्यू चियाबारी अन्तर्गत चिलाउने धुरामा रहेको तीनकन्या देवी मन्दिरमा आजदेखि तीन दिवसीय पूजा आरम्भ भयो। यस क्षेत्रमा खुबै प्रख्यात एवम् धार्मिक आस्थाको केन्द्र विन्दु रहेको यस देवी मन्दिरमा नवरात्र पर्वको अवसरमा आजदेखि तीन दिवसीय पूजा आरम्भ गरियो। यस अवसरमा आज बिहान कलशयात्रा निकालेर सम्पूर्ण गाउँ परिक्रमा गरेपछि पूजास्थलमा पुगेर कलश स्थापित गरियो।


यस क्षेत्रकै प्रख्यात धार्मिकस्थल यस तीनकन्या देवी मन्दिरमा यसचोटि तीन दिवसीय पूजा कार्यक्रम भव्य रूपमा भइरहेको अवगत गराउँदै सबै श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिने पूजा आयोजक समितिका सभापति उत्तम थापा अनि स्थानीय राजु प्रधानले निवेदन गरेका छन्। यो मन्दिर धेरै पुरानो रहेको औ यस क्षेत्रको निम्ति रक्षकको रूपमा रहेको अवगत गराउँदै यस वर्ष सबैको सहयोगमा यसरी तीन दिवसीय पूजाको आयोजना गर्न सकिएकोमा सबै सहयोगीहरू प्रति द्वयले आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *