खरसाङ : खरसाङको गाड़ीधुरा नवदीप परिवारद्वारा आज मेजर दुर्गा मल्लको 108 औँ जन्म जयन्ती गाड़ीधुरा चोकस्थित दुर्गा मल्लको सालिग परिसरमा मनाइयो। कोभिड महामारीबीच कार्यक्रम साधरण तरिकाले मनाइयो। यसै क्लबद्वारा गत 7 फरवरी 2021 को दिन गाड़ीधुरामा शहीद मेजर दुर्गा मल्लको भव्य सालिग नाट्यभूषण, बंगरत्न सीके श्रेष्ठ साथै तत्कालिन जीटीए अध्यक्ष अनित थापाको बाहुलीबाट उद्घाटन गरिएको थियो। सालिग निर्माणपछि यस क्लबद्वारा आज पहिलोपल्ट दुर्गा मल्लको जन्म जयन्ती पालन गरिएको हो। आजको कार्यक्रममा क्लबका सभापति गोबिन्द आचार्य, सचिव रोशन विश्वकर्मा, कुणाल छेत्री, सुमन छेत्री, सदस्य कपिल कुमार छेत्री, धुर्व शर्मा, डीके विश्वकर्मा, दिपेन छेत्री,जीवन थापा लगायत अन्य उपस्थित थिए। कार्यक्रममा मेजर दुर्गा मल्लको सालिगमा माल्य अर्पण गरियो साथै उपस्थित सदस्यहरुद्वारा फूल चढ़ाएर दुर्गा मल्ललाई श्रद्धाञ्जली अर्पण गरियो अनि शहीदको नाममा एक मिनटको मौन धारण गरिएको क्लबको तर्फबाट सनुप छेत्रीले जानकारी दिएका छन्।
